मटिहानीमा सर्प विज्ञ द्वारा पहिलो पटक सर्पको उद्धार

मो. इसराफिल राईन ।

महोत्तरी, मटिहानी — मटिहानी नगरपालिका–८ मा पहिलो पटक सर्पको सफल उद्धार गरिएको छ। 

आज बेलुका स्थानीय एक घरको कोठामा पसेको ठुलो सर्पलाई सर्प विज्ञ सुबोध आचार्यले सुरक्षित रूपमा उद्धार गर्नुभयो।

उद्धार कार्यलाई सहज र सुरक्षित बनाउने क्रममा मटिहानी नगर प्रमुख श्री हरि प्रसाद मंडलज्यूले सर्प विज्ञ आचार्यलाई स्वागत एवं सम्मान गर्नुभयो।

नगर प्रमुखले यस कार्यलाई नगरवासीका लागि निकै महत्वपूर्ण भन्दै धन्यवाद ज्ञापन पनि गर्नुभयो।

यस अवसरमा सर्प विज्ञ सुबोध आचार्यले मटिहानी नगरपालिकाका विद्यालयहरूमा विद्यार्थीहरूलाई सर्पसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा समुदायस्तरमै जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले पहिलो पटक नगरमै गरिएको यो उद्धार कार्यलाई सराहना गर्दै नगरपालिकाले आगामी दिनमा पनि यस किसिमका जनचेतनामूलक कार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर