मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर–२०८२ आजदेखि सञ्चालन

मो. इसराफिल राइन

मटिहानी, महोत्तरी । पालिका तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर–२०८२ सञ्चालनमा ल्याएको छ।

मटिहानी नगरपालिका द्वारा सञ्चालित उक्त एकीकृत घुम्ती सेवा शिविरको आज एक कार्यक्रमबीच नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले औपचारिक रूपमा समुद्घाटन गर्नुभयो।

मटिहानी नगरपालिका द्वारा सञ्चालित उक्त एकीकृत घुम्ती सेवा शिविरको आज एक कार्यक्रमबीच नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले औपचारिक रूपमा समुद्घाटन गर्नुभयो।

सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पुर्‍याउने उद्देश्यले उक्त एकीकृत घूमती सेवा शिबिरको आयोजना गरिएको बताउनुभयो। यस कार्यक्रमबाट स्थानीय नागरिकहरूले आफ्नै गाउँ–टोलमै आवश्यक सेवा प्राप्त गरी प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

आज पौष ८ गते वडा नं. १ सिरसियाबाट प्रारम्भ गरिएको यो सेवा शिविर क्रमशः नगरपालिकाका ९ वटै वडाहरूमा सञ्चालन गरिने जनाइएको छ।

शिविरमा योजना सम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, कृषि प्रयोजनका लागि माटो परीक्षण, कृषि मिटर सिफारिस, तरकारीको मिनी किट वितरण, गोबर तथा गर्भ परीक्षण, पशुपन्छीसम्बन्धी परामर्श तथा औषधि वितरण, राजस्व असुली, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायतका सम्पूर्ण सेवाहरू प्रदान गरिने नगर प्रमुख मण्डलले जानकारी दिनुभयो। साथै स्वास्थ्य बीमा सेवा पनि शिविरमार्फत उपलब्ध गराइने बताइएको छ।

नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा उप–प्रमुख मञ्जु देवी साह, वडा नं. १, ४, ५ र ६ का वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, लेखा शाखा प्रमुख विजय कुमार यादवलगायत सम्पूर्ण शाखाका प्रमुखहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, वडा सचिवहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर