मटिहानी लगायत मिथिलाञ्चल क्षेत्रमा भाई बहिनी बीचको प्रेम प्रतीक मनाउने “सामाचकेवा” बिसर्जन गरी सम्पन्न भयो ।

मो. इसराफिल राइन

मटिहानी, महोत्तरी ।
मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवा आज  उत्साहपूर्वक बिसर्जन गरी समापन गरिएको छ ।

यो पर्व मिथिला क्षेत्रमा परापूर्व कालदेखि निरन्तर चल्दै आएको सांस्कृतिक परम्परा हो यसमा विशेषगरी सतभैया, समा, चकेवा, माली, चुगला लगायतका रंगीचंगी माटोका मूर्तिहरू, बाँसका डालामा रंगीन सजावटका साथ  परम्परागत “सामाचकेवा” गीत गॉई मनाउने चलन रहेको यस  “सामाचकेवा” समापन गरिएको छ

दिदीबहिनीहरूले सामाचकेवा पर्वको अवसरमा  दाजुभाईहरूको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै  “सामाचकेवा” लाई हालोले खनिएको खेत वा चौरमा लगि बिसर्जन गरेका छन

पर्वको धार्मिक कथा अनुसार, भगवान श्रीकृष्णकी छोरी सामा माथि अन्याय भएपछि उनका दाजु श्रीकृष्णले न्याय दिलाएको स्मरणमा यो पर्व मनाइने गरिन्छ । त्यसैदेखि सामा–चकेवा पर्व भाई–बहिनीको माया, विश्वास र एकताको प्रतीकका रूपमा स्थापित भएको मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर