मटिहानी नगरपालिकामा अम्बा र लिचिको विरुवा वितरण कार्यको शुभारम्भ

मो. इसराफिल राइन

मटिहानी, महोत्तरी । मटिहानी नगरपालिकाका किसानहरूलाई लक्षित गर्दै अम्बा र लिचिको विरुवा वितरण कार्यको औपचारिक शुभारम्भ आज बिहान नगर प्रमुख श्री हरि प्रसाद मंडलज्यूले गर्नुभयो ।

नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत कृषि तथा पशु विकास शाखाबाट स्वीकृत योजनाअनुसार प्रत्येक घरपरिवारलाई २/२ वटा अम्बा र लिचिको विरुवा निःशुल्क वितरण गरिने कार्यक्रम रहेको छ। यस कार्यक्रमबाट मटिहानी नगरपालिकाका ९ वटै वडामा करिब ३५०० किसान लाभान्वित हुनेछन्।

कृषि शाखा प्रमुख संध्या साहका अनुसार, यस कार्यक्रमले नगरभित्र फलफूल उत्पादनमा वृद्धि गराउनुका साथै किसानहरूको आर्थिक अवस्थालाई पनि सबल बनाउने लक्ष्य राखिएको छ। फलफूल खेतीलाई प्रवर्धन गरी आत्मनिर्भरता तथा आयआर्जनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर