मटिहानीमा आज देखि झूलनोत्सव मेला सुरु ।

मो. इसराफिल राईन

महोत्तरी,मटिहानी

महोत्तरी जिल्लाको मटिहानीमा आज देखि झूलनोत्सव मेला सुरु भएको छ ।

मटिहानी स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा सो पौराणिक झुलनोत्सव पर्व (मेला) परम्परागत रुपमा मनाइदै आएको छ ।

आउँदो पुर्णिमा दिनसम्म मनाईने सो झुलनोत्सवको अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा  बाजागाजाका साथ भगवान रामसीताको मुर्ति राखि भजन किर्तन गर्दै झुला घरमा लगिने गरिन्छ । 

झुला पर्व त्रेतायुग देखि नै प्रारम्भ भएको मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर