जनकपुरधाम वडा नम्बर ११ का वडाध्यक्ष चौधरी पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको छ । उनको पक्राउको कारण प्रहरीले आजि दिउँसो स्पष्ट गर्ने जनाएको छ ।

यसअघि वडाध्यक्ष चौधरी घुस काण्डमा पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस सहित रंगेहात पक्राउ गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यधपी उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खबर