
धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – मटिहानी नगरपालिका–९, सीमरदहीस्थित एक पोखरीमा डुबेर १४ वर्षीया बालिकाको ज्यान गएको छ। स्थानीय प्रकाश पासवानका नातिनी तथा राजकिशोर पासवानकी छोरी मधु पासवानको बुधबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो।

परिवारका सदस्यलाई खेतमा खाना पुर्याउन गएकी मधुको खेत छेउमै रहेको पोखरीको किनारमा खुट्टा चिप्लिएर डुबेको बताइएको छ। घटनापछि स्थानीयले तत्कालै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खबर गरेका थिए। तर बालिकालाई बचाउन सकिएन । सुरक्षाकर्मीहरुले घटनास्थलमा पुगेर शवलाई पोखरीबाट निकालेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जलेश्वरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र परिवारजनलाई यस घटनाले ठूलो शोकमा पारेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
