
धनुषा – धनुषाको महेन्द्रनगरमा मिडिया सेन्टरको स्थापना गरिएको छ। सोमबार आयोजित विशेष समारोहमा मिडिया सेन्टर कार्यालयको सुचनाको हकको लागि राष्ट्रिय महासंघ मधेस प्रदेशका अध्यक्ष बरिष्ठ पत्रकार डा. अजय साहले उद्घाटन गरेका हुन् ।
मिडिया सेन्टर अन्तर्गत न्यूज अफ नेसन र सिटी टेलिभिजन HD अनलाईनको संयुक्त कार्यालय सञ्चालनमा आएको छ। सिटी टेलिभिजन जनकपुरको शाखा मध्ये महेन्द्रनगरस्थित कार्यालय हो भने न्यूज अफ नेसन महेन्द्रनगरमा रहेको अनलाइन सञ्चार हो। मिडिया सेन्टरको उदघाटन गर्दै बरिष्ठ पत्रकार डा साहले डिजिटल सञ्चारको बढ्दो महत्वलाई मध्यनजर राखी यस क्षेत्रको सूचना तथा सञ्चारको समृद्धिका लागि मिडिया सेन्टरले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गोरखापत्रका विजय साह , अन्नपूर्णका विजय सिंह , दुग्धमती एफएम तथा टेलिभिजनका सञ्चालक अनिल कुशवाह, न्युज अफ नेशनका रोहित खनाल (सम्राट ) ,सिटी टेलिभिजनका सञ्चालक राजेश अभिराज यादव , प्रेम चौहान लगायत सञ्चारकर्मीहरूको उपस्थिति मिडिया सेन्टरका व्यवस्थापक कृष्ण यादवले जानकारि दिए।