
धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी(औरही)- औरही नगरपालिकाले वडा नं. १ का वडा सदस्य सुशील साहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएको छ।
नगर प्रमुखस्तरीय २०८२ साउन २६ गतेको निर्णयअनुसार र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११६ बमोजिम, वडा अध्यक्षको निधन भएमा सोही वडाका सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिने व्यवस्था छ।
सोहि व्यवस्था अनुसार दिवंगत वडा अध्यक्ष योगी चौधरीको निधनपछि सुशील साहलाई अर्को निर्णय वा व्यवस्था नहुन्जेलसम्मका लागि प्रचलित कानुनअनुसार कामकाज गर्ने जिम्मेवारी तोकिएको हो।
नगरपालिकाले साहलाई कानुनी प्रावधानअनुसार वडा नं. १ का कार्यवाहक वडा अध्यक्षका रूपमा काम गर्न अनुरोध गरेको छ।