मटिहानी स्थित लक्ष्मीनारायण मठमा पौराणिक झुलनोत्सव सम्पन्न ।

मो. इसराफिल राइन

मटिहानी, महोत्तरी – मटिहानी नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिक स्थल लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्व (मेला) हिजो शनिवार राति १२ बजे विधिवत् सम्पन्न भएको छ।

श्रावण महिनाको औंशी पूर्णिमाको तृतीया तिथि अर्थात् २०८२ साल श्रावण ११ गतेदेखि सुरु भएको सो झुलनोत्सव मेलाको श्रावण २४ गते शनिवार जनै पूर्णिमाको दिन धार्मिक विधिपूर्वक डोलाको डोरी काटी समापन गरिएको हो।

झुलनोत्सवमा प्रत्येक दिन लक्ष्मीनारायण मठबाट भगवान् राम–सीताको मूर्ति कलात्मक पालकीमा राखी बाजागाजासहित भजन–कीर्तन गर्दै झुलाघरमा लग्ने परम्परा रहेको छ। यो पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ।

हिजो सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, महोत्तरी स्थित सुरक्षा निकायका प्रमुखहरू लगायत हजारौँ संख्यामा श्रद्धालुहरूको उपस्थिती रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर