वडा अध्यक्षको निधन

महोत्तरी – जिल्ला स्थित औरही नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जोगी चौधरीको निधन भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट वडा अध्यक्षमा निर्वाचित चौधरीको ६५ वर्षको उमेरमा गएको राति उपचारको लागि काठमाडौं लैजाने क्रममा निधन भएको हो। २ छोरा २ छोरी र श्रीमती रहेका चौधरी केहि वर्ष देखि मधुमेह(सुगर)का बिरामी रहेको थियो।

चौधरीको शनिवार दिउँसो करिब ३ बजे हिन्दु परम्परा अनुसार दाह संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर