कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार केहिबेरमा नतिजा प्रकाशन हुनेछ। ‘केहि प्राविधिक काम बाँकी छन्, एक घण्टामा लगभग सबै तयारी पूरा हुन्छ, त्यसपछि नतिजा प्रकाशन हुन्छ,’ उनले भने, ‘नतिजा बोर्डको वेबसाइटबाट हेर्न सकिने छ।’

बोर्डले गत २१ वैशाखदेखि परीक्षा सुरु गरेको थियो।  परीक्षामा करिब पाँच लाख विद्यार्थी सामेल भएका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर