रामगोपालपुरबाट ४ क्विन्टल ७० किलो गाँजा सहित एक पक्राउ

महोत्तरी – रामगोपालपुरमा ट्रकमा लुकाएर ल्याउँदै गरिएको ४ क्विन्टल ७० किलो गाँजा प्रहरीले बरामद गरेको छ।

बर्दिबास–जलेश्वर सडकखण्डअन्तर्गत रामगोपालपुर–५ स्थित रामगोपालपुर चोकमा आइतबार साँझ चेकजाँचका क्रममा ना ६ ख २९१९ नम्बरको ट्रकबाट उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्रकुमार भट्टले जानकारी दिए।

उनका अनुसार ट्रकको पछाडिको भागमा १० वटा सेतो बोरामा गाँजा पोका बनाई लुकाइएको अवस्थामा भेटिएको हो। गाँजासहित मकवानपुर राक्सिराङ गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर मोक्तानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय रामगोपालपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले सो कारवाहि गरेको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर