मो. इसराफिल राईन
मटिहानी, महोत्तरी ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ५ बिसनपुरस्थित ऐतिहासिक राम जानकी मन्दिर प्राङ्गणमा निर्माण सम्पन्न भएको दुई कोठे भान्सा घर भवनको समुद्घाटन आज एक कार्यक्रमको बीच सम्पन्न भएको छ।
उक्त भान्सा घरको समुद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो।

भान्सा घर भवनको समुद्घाटन गर्दै प्रमुख मण्डलले राम जानकी मन्दिरमा आयोजना हुने भण्डारा, विवाह तथा अन्य धार्मिक र सामाजिक कार्यक्रमहरूमा खाना पकाउने कार्यलाई सहज बनाउने उद्देश्यले भान्सा घर निर्माण गरिएको बताउनुभयो ।
नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत १२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको कुरा नगरपालिकाका प्राविधिक दिनेश साहले बताउनुभयो ।

समुद्घाटन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष मिश्री नायक, नेपाली कांग्रेसका नेता कैलाश नायक, नेकपा एमालेका नेता किशोरी महतो, लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश सदस्य कुशेश्वर यादव, वडा नं. ४ का पूर्व अध्यक्ष मैनुद्दीन राईन, वडा सचिव दिनेश यादव, साथै स्थानीय समाजसेवीहरू पंचेश्वर यादव, सतो यादव, चन्देश्वर मण्डल, तेज नारायण यादव, राम कुमार यादव, बिनय कुमार मण्डल, केशव महतोलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।







