मटिहानीको लक्ष्मीनारायण मठमा झुलनोत्सवको पाँचौँ दिन, श्रद्धालुहरूको घुइँचो

महोत्तरी — प्रसिद्ध धार्मिकस्थल लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आएको झुलनोत्सव आज पाँचौँ दिनमा प्रवेश गरेको छ। झुलनोत्सवका अवसरमा मठ परिसर श्रद्धालुहरूको घुइँचोले भरिएको छ।

श्रावण शुक्ल एकादशीदेखि आरम्भ हुने यो पौराणिक पर्व कृष्ण जन्माष्टमीसम्म विविध धार्मिक गतिविधिका साथ मनाइन्छ। पर्वको मुख्य आकर्षणका रूपमा भगवान लक्ष्मीनारायणको विशेष रूपमा सजाइएको झुला (डोली) झुलाइन्छ।

मेला अवलोकन तथा पूजाआर्जनका लागि महोत्तरी मात्र नभई विभिन्न जिल्ला तथा भारतका श्रद्धालुहरू समेत मठमा आइपुगेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर