धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – गौशाला बजार ठेक्काको सन्दर्भमा उच्च अदालत जनकपुरले गौशाला नगरपालिका र निगौल गाई गौशालाको नाममा छुट्टा आदेश जारी गरेको छ। उच्च अदालत जनकपुरका न्यायाधीश राजुराम सिलवाल र न्यायाधीश खेमराज भट्टको संयुक्त इजलासले गौशाला नगरपालिका र निगौल गाई गौशालाको नाममा छुट्टा आदेश जारी गरेको हुन् ।उच्च अदालत जनकपुरले निगौल गाई गौशाला कैमा नाममा बजार लाग्ने जग्गा देखिएको हुँदा बिना मन्जुरी उक्त जग्गामा हस्तक्षेप नगर्नु भनि नगरपालिकाको नाममा अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत जनकपुरले निगौल गाई गौशालाको कित्ता नं. ८२, ८३, ८४ जग्गाधनी दर्ता श्रेस्ता गाई गौशालाको नाममा कायम रहेको देखिएको, साविक नमुना गाउँपालिका र निगौल गाई गौशालाबीच २०७० असार २२ मा उक्त जग्गा ठेक्का लगाउने सम्बन्धमा भएको सम्झौताको अवधि समेत समाप्त भइसकेको अवस्था देखिएकोले मुद्दाको अन्तिम टुंगो नलागेसम्म कुनै प्रकारले हस्तक्षेप नगर्न सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
यता गौशाला नगरपालिकाले वडा नं ५ स्थित गाई गौशालाको जग्गामा लगाउँदै आएको गोरु, खसी तथा माछा बजारको नामले चिनिने स्थानीय साप्ताहिक हाट बजार नगरपालिको साउन ७ गते निर्णयको अनुसार साबिकमा लाग्दै आएको स्थानमा बजार लाग्न निषेध गरी गौशाला बजार मराहापुलको दक्षिण पूर्व पट्टि रहेको रहेको नगरपालिकाको कृषि उपज केन्द्र मा लागु हुने गरी सारि सकेको हुँदा उच्च अदालतले विपक्षीहरूको नाममा जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने आवश्यक नरहेको आदेशमा उल्लेख छ।यस अघि बजार ठेक्कामा अवरोध गर्नु भनि उच्च अदालत जनकपुरबाट विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएकोमा उक्त आदेशलाई निरन्तरता दिनु पर्ने आवश्यक नरहेको अदालतले अर्को आदेश गरेको छ।
साउन ७ गते उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निवेदक श्रवणकुमार महतोले प्राप्त गरेको गौशाला नगरपालिका नगर कार्यपालिकाको कार्यालयको च.नं. १०३, मिति २०८२ असार ३२ को चलन पुर्जी बमोजिमको कार्य गर्न बाधा अवरोध नगर्नु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको थियो ।जसलाई अदालतको आजको आदेशले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने आवश्यक नरहेको उल्लेख गरेको छ।
यस सन्दर्भमा गौशाला नगरपालिकाका नगरप्रमुख डा दिपेन्द्र महतोले ऎलानि, पर्ती, गूठी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार स्थानीय सरकारको भएको बताउँदै उनले हाललाई गौशाला साप्ताहिक हाट बजारलाई निगौल गाई गौशालाको जग्गाबाट खालि गरेर नेपाल सरकारको सार्वजनिक जग्गामा बजार स्थानान्तर गरिसकेको बताए । उनले अहिले अदालतको अन्तरिम आदेश मात्र आएको फैसला हुन बाँकी रहेको बताए।
नगरप्रमुख महतोले निगौल गाई गौशालामा धेरै अनियमितता, भ्रष्टाचार भएको उजुरी नगरपालिकामा आएको बताउँदै उनले जग्गा अतिक्रम, मिलोमतोमा जग्गा, पोखरी, बागवानी, सटर लिजमा दिएको, राजस्व हिनामिना, गाई मारेको लगायतको उजुरी रहेको बताए । नगरप्रमुख डा. महतोले भने,नगरपालिकाले अनुसन्धानको लागि अख्तियारमा पठाइएको छ र छिटै निगौल गाई गौशाला नगरपालिलकाकाो मातहतमा ल्याई उचित व्यवस्थापन गर्नेछौं ।
केहि व्यक्तिहरुले निगौल गाई गौशालालाई राजनीति अखडा बनाएको त्यसको सम्पत्ति कब्जा गरेर बसेको छ । तिनिहरुको चुङ्गुलबाट नगरपालिकाले छिटै आफ्नो मातहतमा ल्याउने छ ।





