प्रधानमन्त्री ओली द्वारा मधेसमा सिँचाइ र खानेपानीको लागि तत्काल पाँच सय वटा ‘डीप बोरिङ’ जडान गरिने घोषणा

 धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशमा सिँचाइ र खानेपानीको समस्या समाधान गर्न तत्काल पाँच सय वटा ‘डीप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ।

बुधवार महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल तथा वडा नं. ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मधेशका विभिन्न क्षेत्रमा वर्षाको अभावका कारण देखिएको पानीको संकट समाधान गर्न सरकारले तत्काल पहल सुरु गर्ने बताउनुभयो।

खानेपानी अभाव, सिँचाइ अभाव तथा सुक्खाग्रस्त भएको कारणले नै मधेशलाई मन्त्रिपरिषदको बैठकबाट सङ्कटग्रस्त घोषणा गरिएको बताउनुहुँदै उहाँले सङ्कटग्रस्त घोषणाले मात्रै केही नहुने भएकोले हामीले तत्कालका लागि केही उपाय अवलम्बन गर्ने जानकारी दिनुभयो । अहिले तत्कालका लागि अरु विभिन्न कामहरुमध्ये पाँच सय डिप बोरिङ जडान गरिने बताउनुहुँदै एउटाबाट ६० बिघा जमिन सिँचाइ गर्न सकिने बताउनुभयो । यसबाट तत्कालको लागि केहीहदसम्म सिँचाइको समस्या कम हुने ठम्याइ प्रधानमन्त्री ओलीको थियो ।

दीर्घकालीन रुपमा सुक्खाग्रस्तबाट मधेशलाई बचाउन चुरेदेखि लिएर चुरेमा पानीको रिजर्वहरु बनाउने, तालतलैया बनाउने, पोखरी बनाउने जसबाट रिचार्ज सिस्टममा जमिनको सतहबाट पानी तल नजाने कुराका लागि अनुकूल वातावरणतर्फ फर्काउने काम हामीले गर्ने उहाँले आश्वासन दिनुभयो । उहाँले मधेशलाई सुक्खाग्रस्तबाट बचाउन सरकारका सबै अंग र निकायका साथसाथै गैरसरकारी सङ्घसस्थालाई समेत साथ र सहयोगको लागि आग्रह गर्नुभयो ।

उहाँले हेलिकप्टरमार्फत तराई–मधेशको अवलोकनका क्रममा धेरै जमिन सुक्खा भेटिएको उल्लेख गर्दै मधेशका आठवटै जिल्लामा सिँचाइ तथा खानेपानीको व्यवस्था गर्न सरोकारवाला निकायसँग छलफल र समन्वय गरेर समस्या जतिसक्दो चाँडो समाधान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

“सप्तरी जिल्ला कोशी नदीसँग जोडिएको हुँदा त्यहाँको अवस्था तुलनात्मक रूपमा राम्रो देखिन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “तर बाँकी सात जिल्लामा पानीको गम्भीर समस्या देखिएको छ। यसलाई समाधान गर्न सरकारले आवश्यक तयारी गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर