मटिहानीमा आगलागी प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना परियोजना प्रभावकारी बन्दै ।

मो. इसराफिल राईनमटिहानी, महोत्तरी । FCA  को सहयोग तथा मटिहानी नगरपालिकाको समन्वयमा रतौली युवा क्लब, महोत्तरीद्वारा सञ्चालित ‘आगलागी प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना परियोजना’ अन्तर्गत आज मिति २०८२ श्रावण ७ गतेका दिन परियोजनाका विभिन्न क्रियाकलापहरूको अनुगमन गरिएको छ। अनुगमनमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख प्रशासकीय अधिकृत चन्द्र शेखर शर्मा, वडा नं ६ का वडा अध्यक्ष कलिम अन्सारी, वडा सचिवहरू, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरू, तथा रतौली युवा क्लबका पदाधिकारी एवं कर्मचारीहरूको उपस्थिति थियो।

अनुगमन टोलीले परियोजनाद्वारा सञ्चालित कृषि फार्म, प्राङ्गारिक मल उत्पादन, दुना–टपरी उद्योग, पशुपालन, खाजा पसल लगायतका उद्यमहरूको अवलोकन गरिएको थियो र परियोजना द्वारा सहयोग गरिएको दुनाटपरी उद्योगको नगर प्रमुख हरि प्रसाद मण्डलद्वारा उद्घाटन पनि गरिएको थियो ।

उक्त परियोजनाको सहयोगमा कृषि फार्म संचालन गरी राम्रो आम्दानी गरी आफ्नो परिवार सुखमय चलाई रहेको भन्दै मटिहानी-६ का महेश साह ठठेरीले खुशी ब्यक्त गरेका छन ।

अनुगमन कै क्रममा अनुगम टोली आफ्नो घर पुग्दा बाख्रा पालन गरी रहेकि मटिहानी-६ की आगलागी पीड़ित शिला देवी भन्छन ” नगर प्रमुख हरि प्रसाद मण्डलको पहलमा हामी यस परियोजना मार्फत सहयोग पाई बाख्राबाट राम्रो आम्दानी गरी जीविकोपार्जन गरी रहेको भन्दै परियोजना परिवार र मटिहानी नगरपालिकालाई धन्यवाद ज्ञापन गरिन ।

परियोजनाबाट आगलागी प्रभावित परिवारहरूको आर्थकि सशक्तकिरण गर्दै उनहिरुको जविकिो पार्जन सुधार गर्ने उद्देश्यले बिभिन्न क्षमता अभिबृदिगर्ने तालिमहरु सहित उनिहरुको रोजाई अनुसार तरकारी तथा फलफुल पसल, करिाना पसल, नास्ता पसल, शिलाई कटाई, पशुपालन तथा तरकारी खेती सम्बन्धी ब्यवसाय गर्नका लागि पहिलो चरणमा ५४ परिवारहरुलाई रु ५५००० बराबरको बिभिन्न ब्यवसाय संचालनका लागि सहयोग गरएिको र ति ब्यवसायहरु विस्तारका लागि पुन दोस्रो चरणमा २५ जनालाई थप रु ५०००० बराबरको ब्यवसाय संचालनका लागि आवश्यक नगद तथा सामाग्रीहरु सहयोग गरिएको र  १५ परिवारहरुका लागि जग्गा लिजमा लिई ब्यवसायिक तरकारी खेती गरिरहेको र अन्य १५ परिवारहरुका सदस्यहरुलाइ लाहाचुरा उत्पादन, ब्युटिपार्लर, बाइक मर्मत, ड्राइभिं जस्ता प्राविधिक तथा ब्यवसायिक सिप सम्बन्धी तालिमहरु र ब्यवसायिक सामग्रीहरु वितरण गरिएकोले सबै आगलागि प्रभावित परिवारहरु बिभिन्न ब्यवसायमा संल्गन रहेको र बालबालिकाहरूका लागि ६ महिना सम्म कोचिंङ कक्षा र शैक्षिक सामग्रीहरू सहयोग गरिएको जानकारी कार्यक्रम संयोजक कृष्ण बहादुर भुलले दिनु भएको थियो ।अनुगमनपश्चात् वडा नं ६ को कार्यालयमा बैठक बसि कार्यक्रमके समिक्षा तथा विभिन्न ब्यवसायिक सामग्रीहरू र ६० जन बालबलिकाहरूलाइ शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो । सामाग्री हस्तान्त्रण तथा समिक्षा कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अथिति नगर प्रमुख हरिप्रसाद मण्डलले २०८१ साल वैशाख १२ गतेको भीषण आगलागीबाट प्रभावित भएका १०३ घरधुरीहरूको जीविकोपार्जन पुनःस्थापना, बालबालिकाको शिक्षा लगायतका क्षेत्रमा संस्थाले निरन्तर रुपमा पालिका संग समन्वय गर्दै सुरुदेखि हालसम्म महत्त्वपूर्ण सहयोग पुर्‍याएकोमा सहयोगी संस्था FCAरतौली युवा क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, रतौली युवा क्लबका कोषाध्यक्ष गुञ्जा ठाकुर, प्रमुख प्रशासकीय अधिकृत चन्द्र शेखर शर्मा, वडा नं ६ का वडा अध्यक्ष कलिम अन्सारी र मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले परियोजनाको प्रगति र प्रभावकारिताबारे आफ्ना धारणा राख्दै परियोजनाका सम्पूर्ण क्रियाकलापहरू उपलब्धिमूलक रहेको र यसबाट लाभान्वित परिवारहरूले आफ्नो जीविकोपार्जनमा उल्लेखनीय सुधार गरिरहेको पाइएकोले पालिकाबाट पनि यस्ता कार्यक्रमहरूलाइ निरन्तरता दिनुपर्ने भनाइ राख्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर