रौतहट – रौतहटको एक विद्यालयका शिक्षकले छात्रालाई जिस्काएको भन्दै आफन्तले शिक्षकमाथि कुटपिट गर्नुका साथै विद्यालयमा समेत तोड्फोड गरेका छन् ।
रौतहटको गरुडा नगरपालिका-९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्क्याएको भन्दै छात्राका आफन्तले विद्यालयमा तोडफोड गरेका हुन् ।
शिक्षकले छात्राको जन्म दिनको अवसरमा ‘ह्याप्पी बर्थ डे मेरी जानु’ लेखेर म्यासेज पठाएको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कुटपिट गर्दै तोडफोड गरेका थिए।
घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्को टोली उक्त स्थानम पुगेको थियो । स्थित तनावग्रस्त बनेपछि प्रहरीले एक राउण्ड अश्रुग्याँस हानेको थियो ।
प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीका अनुसार शिक्षक साह अहिले प्रहरी नियन्त्रणमा छन् ।





