मटिहानी नगरपालिकामा सिचाइ बोर्डिङ जडान, करिब ३० विघा जमिन लाभान्वित

मटिहानी,महोत्तरी – मधेश प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत सञ्चालित सिचाइ कार्यक्रममार्फत मटिहानी नगरपालिकाका किसानहरू लाभान्वित हुने भएका छन्। कार्यक्रमअन्तर्गत नगरपालिकाको मटिहानी, विसनपुर, गोबरौरा, मझौरा, सानो धिरापुरलगायत छवटा स्थानमा एक-एक वटा सिचाइ बोर्डिङ जडान गरिएको छ।

हालै नगर प्रमुख हरि प्रसाद मण्डले औपचारिक रुपमा उक्त बोर्डिङ जडान कार्यको शिलान्यास गर्नुभएको हो। नगरपालिकाले दिएको जानकारी अनुसार, उक्त योजनाबाट करिब ३० विघा जमिनमा वर्षैभरि सिचाइ सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।

नगर प्रमुख मण्डका अनुसार कृषि उत्पादन वृद्धि र किसानहरूको आम्दानी बढाउने उद्देश्यले यस्ता सिचाइ परियोजनाहरू आगामी दिनमा पनि विस्तार गरिँदै जानेछ। “कृषि आत्मनिर्भरता र रोजगारी सृजनाका लागि सिचाइ पूर्वाधार आवश्यक भएकाले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ,” मण्डले बताए।

यस योजनाबाट स्थानीय कृषकहरूमा उत्साह देखिएको छ भने स्थायी सिचाइको माध्यमबाट खेती प्रणालीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर