कुनै प्राविधिक समस्या न आए एसईई को नतिजा आज प्रकाशन गरिने ।

काठमाण्डौ।

“एसईई नतिजा आज २०८२ आषाढ १३ गते, शुक्रबार, अपराह्न ५ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ। 

हिजो राति नतिजाको प्रारम्भिक डेमो परीक्षण सम्पन्न भइसकेको छ। आज बिहान बोर्डका सदस्यहरूलाई डेमो देखाउने कार्यक्रम रहेको छ। 

यदि डेमो सफल भयो र कुनै प्राविधिक समस्या देखा परेन भने, आज नै नतिजा सार्वजनिक गरिने कुरा परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले जनाएको छ ।

थप जानकारीका लागि: National Examinations Board

प्रतिक्रिया
सम्बन्धित खबर