महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदही का ४८ वर्षीय रामबाबु चौधरीको वैदेशिक रोजगारको शिलशिलामा मिति २०८१/०७/१५ गते कतारमा मृत्यु भएपछि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले निजको परिवारलाई आज राहत स्वरुप रु ५० हजार प्रदान गरेको छ ।

आर्थिक बर्ष २०८१/०८२ को नगर सभाको निर्णय अनुसार बैदेशिक रोजगारको क्रममा विदेशमा मटिहानी नगरपालिकाको कुनै पनि नागरिकको मृत्यु भएमा रू ५० हजार सम्म दिने निर्णय गरेकोले सोही अनुसार कतारमा मृत्यु भएको रामबाबु चौधरीको श्रीमती नीतु देवीलाई सो राहत मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले उपलब्ध गराएको छ ।

निज मृतक रामबाबु चौधरी कतारमा ५ वर्ष अगाडि गएका थिए ।
मृतकको परिवारमा श्रीमती, १ छोरा र ३ छोरी गरी जम्मा ५ जना रहेका छन ।






