मटिहानीमा बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सडक नाटक कार्यक्रम प्रारम्भ

महोत्तरी जेठ १९ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले विगतको चार वर्ष देखि पालिका भित्र बालविवाह न्यूनीकरण गर्नको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

त्यही क्रममा हिजो ज्येष्ठ १८ गते देखि वड़ा नं. १ देखि मटिहानी नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सडक नाटक कार्यक्रमको प्रारम्भ भएको उक्त सड़क नाटक मटिहानी नगरपालिकाको क्रमशः वडा ६,७,३,२ र ९ को १० ठाउँमा  सो सडक नाटक कार्यक्रम रंग दर्पण जनकपुरधामको प्रस्तुतिकरणमा देखाउने कार्यक्रम रहेको कुरा पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख दीपा दासले बताउनुभयो ।

आज बिहान वडा नं. ६  भएको सो सडक नाटक कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल उपस्थित रहनु भएका थिए ।

अहिले समाजमा बढ्दै गइरहेको बालविवाहबाट हाम्रो समाजमा पर्ने नकारात्मक असर र बालविवाहले गर्दा हुने मानसिक, शारीरिक लगायतका समस्याहरुको बारे जनचेतना फैलाउने यस सडक नाटकले पक्कै पनि पालिकाभित्र बालविवाह न्यूनीकरण हुन सक्ने विश्वास नगर प्रमुख मण्डलले व्यक्त गर्नुभयो।

उक्त जनचेतना मूलक सड़क नाटक हेर्न स्थानीयहरुको भीड़ समेत लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर