पढ़ाई प्रति उत्साह बढाउन बिद्यार्थीलाई मटिहानी न.पा.मा बिद्यालय पोशाक बितरण ।

महोत्तरी, ज्येष्ठ १८ गते ।

मटिहानी नगरपालिका वड़ा नं. १ को वडास्तरीय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आज श्री राष्ट्रिय माध्यमिक विद्यालय सिरसियामा अध्ययनरत छात्र छात्राहरुलाई विद्यालय पोशाक मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र वड़ा नं. १ का वड़ा अध्यक्ष शिव शंकर रायले संयुक्त रुपमा बितरण गर्नुभयो ।

उक्त बिद्यालय पोशाक बितरण गर्दै प्रमुख मंडलले यो पोशाकले बिद्यार्थीलाई पढ़ाई प्रति उत्साह बढनुको साथै बिद्यालय आउन बिद्यार्थीको आकर्षण बढ़ने विश्वाश ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा  सो बिद्यालयमा बालविकास देखि कक्षा १० सम्म अध्ययनरत १९६ छात्र र २०९ छात्रा गरी जम्मा ४०५ जना छात्र छात्राहरुलाई सो विद्यालय पोशाक बितरण गरिएको कुरा विद्यालयका प्र.अ. राम श्रेष्ठ ठाकुरले बताउनुभयो ।

पोशाक पाए पछि उक्त बिद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा अनुष्का यादव र बिराट झा लगायतका बिद्यार्थीहरुले खुशी ब्यक्त गरेका छन ।

उक्त पोशाक बितरण कार्यक्रममा मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीश कुमार मिश्र, बिद्यालय ब्यबस्थापन समितिका सदस्य बेचन मण्डल,लोसपाका मुसाफिर सहनी, शिक्षक शिक्षिका,स्थानीय अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खबर