प्रधानमन्त्री केपी शर्मा ओली बिभिन्न कार्यक्रमको लागि भोली महोत्तरीको मटिहानीमा आउदै ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली भोली बिहान ११ बजे महोत्तरी जिल्लाको मटिहानीमा आउने भएको छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली द्वारा भोली ११ बजे मटिहानी मटिहानी नगरपालिका वडा नं. ८ मटिहानीमा नवनिर्मित बिग्ही नदी पुलको समुद्घाटन र ११:३० बजे वडा नं. ६ मटिहानीमा नवनिर्मित प्रसूति गृह भवनको समुद्घाटन कार्यक्रम रहेको कुरा नगर प्रमुख हरि मंडलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खबर