नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयको ४ कोठे  पक्की भवन निर्माण कार्यको शिलान्यास सु-सम्पन्न

महोत्तरी ज्येष्ठ १६ गते ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.२ धिरापुर आवरमा रहेको नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयको ४ कोठे  पक्की भवन निर्माण कार्यको शिलान्यास आज मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो ।

उक्त बिद्यालय भवनको शिलान्यास गर्नुहुदै नगर प्रमुख मंडलले यस नेपाल राष्ट्रिय सर्वोदय आधारभूत विद्यालयमा भवनको अभावले पठन पाठन हुँदै आएको समस्या समाधान हुने बिश्वास ब्यक्त गर्नुभयो ।

उक्त ४ कोठे  बिद्यालय पक्की भवन मटिहानी नगरपालिकाको करीब ८४ लाखको लागतमा निर्माण हुने कुरा पालिकाका प्राविधिकले जानकारी दिनुभयो ।

कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मोहम्मद रयूफ, मटिहानी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष शिवशंकर कुमार राय, नेपाली काँग्रेसका नेता गरीब दास ठाकुर, खुर्शेद कवारी, वड़ा नं.२ का पूर्व वड़ा अध्यक्ष श्री शिवचन्द्र झा, शिक्षा संयोजक श्रीश मिश्र, वि.व्य.स. अध्यक्ष सत्यनारायण यादव, लोसपाका मोसाफिर सहनी, राम जतन यादव, बैकुण्ठ यादव, प्र.अ. लक्ष्मण मण्डल,  अरुण ठाकुर, कैलाश यादव, वड़ा सदस्यहरु लगायत स्थानीयहरु सहभागी रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खबर