मो. इसराफिल राइन
मटिहानी, महोत्तरी ।
मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवा आज रातिदेखि उत्साहपूर्वक सुरु भएको छ । यो पर्व भाई–बहिनीबीचको अमर प्रेम र आत्मीय सम्बन्धको प्रतीकका रूपमा मनाइँदै आएको छ ।

यो पर्व मिथिला क्षेत्रमा परापूर्व कालदेखि निरन्तर चल्दै आएको सांस्कृतिक परम्परा हो यसमा विशेषगरी सतभैया, समा, चकेवा, माली, चुगला लगायतका रंगीचंगी माटोका मूर्तिहरू, बाँसका डालामा रंगीन सजावटका साथ परम्परागत “सामाचकेवा” गीत गॉई मनाउने चलन रहेको छ ।
दिदीबहिनीहरूले सामाचकेवा पर्वको अवसरमा घर आँगनमा माटोको चौक बनाई मूर्तिहरू सजाउँछन्, गीत गाइन्छ, नाचगान गरिन्छ र भाईहरूको दीर्घायु तथा सुख–समृद्धिको कामना गरिन्छ ।

पर्वको धार्मिक कथा अनुसार, भगवान श्रीकृष्णकी छोरी सामा माथि अन्याय भएपछि उनका दाजु श्रीकृष्णले न्याय दिलाएको स्मरणमा यो पर्व मनाइने गरिन्छ । त्यसैदेखि सामा–चकेवा पर्व भाई–बहिनीको माया, विश्वास र एकताको प्रतीकका रूपमा स्थापित भएको मानिन्छ ।
आजदेखि शुरु भएको सामाचकेवा पर्व आउँदो पूर्णिमासम्म निरन्तर मनाइने परम्परा छ । पूर्णिमाको रातमा बहिनीहरूले सामाचकेवाका मूर्तिहरू र अन्य सामग्रीहरु विसर्जन गरी पर्व समापन गर्ने चलन रहेको छ ।






