बढ्दो जल संकटको समाधानका लागि मटिहानी नगरपालिकामा वारुण यन्त्रद्वारा पानी वितरण सुरु

मो. इसराफिल राईन

मटिहानी, महोत्तरी ।  

बढ्दो गर्मी र घट्दो भू-जलको कारण उत्पन्न भएको जल संकटलाई मध्यनजर गर्दै मटिहानी नगरपालिकाले आजदेखि प्रत्येक वडामा वारुण यन्त्रद्वारा पानी वितरण कार्य सुरु गरेको छ।

सो कार्यको शुरुवात मटिहानी नगरपालिका वडा नं. ५ गोबरौरा क्षेत्रबाट गरिएको हो। क्रमशः नगरपालिकाका अन्य सबै वडाहरूमा यो पानी बितरण कार्य गरिने कुरा वारुण यन्त्र टोली प्रमुख राकेश यादवले बताउनुभयो । 

उहाँका अनुसार यो अभियान मार्फत गाउँ–गाउँमा पुगेर खानेपानीको आपूर्ति सुनिश्चित गरिनेछ।

पानी वितरण कार्यमा मटिहानी नगरपालिकाको तालिम प्राप्त वारुण यन्त्र टोली, नगर प्रहरी तथा सम्बन्धित वडाका नेपाल प्रहरीका सुरक्षाकर्मीहरु खटिएका छन्।

नगर प्रमुख र अन्य सरोकारवालाहरूले यस पहलले नगरवासीको दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

नगरपालिकाले नागरिकहरूलाई संयमता अपनाउँदै आवश्यक मात्र पानी उपयोग गर्न आग्रह समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर