महोत्तरी – महोत्तरीको सम्सी गाउँपालिका–१ पर्सा बजारमा रहेको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जय माता जेनरल एण्ड स्टेसनरी स्टोर्स नामक पसलमा बिहान ४ बजेतिर विद्युत सर्ट भएर अचानक आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ। पसलका संचालक ओमप्रकाश मण्डलका अनुसार आगलागीका कारण पसलमा रहेको फ्रिज, चाउचाउ, बिस्कुट लगायतका थुप्रै खाद्य तथा स्टेशनरी सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
घटनापछि स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। सम्सी गाउँपालिका–१ का वडाध्यक्ष बिपिन यदुबिर यादवका अनुसार आगलागीबाट ठूलो मात्रामा आर्थिक क्षति भए पनि कुनै मानवीय क्षति नभएको बताए ।
आगलागी बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





