सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

महोत्तरी – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियार कार्यालय बर्दिवासबाट खटिएको टोलीले आज दिउँसो उनको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो।

स्रोतका अनुसार दिउँसो करिब १:४५ बजे नगरपालिकाको कार्यालयमा एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानीको प्रक्रियाका लागि मागिएको एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

घटनापछि अख्तियारको टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

यस घटनाले स्थानीय तहमा व्याप्त भ्रष्ट्राचारप्रति फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ। मेयर साहमाथि थप अनुसन्धान जारी रहेको र कानुनी कारबाही अगाडि बढाइने अख्तियारले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर