
मो. इसराफिल राइन
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले छात्राहरुलाई उच्च शिक्षामा पहुँच बढाउन साइकल बितरण गरेको छ ।
मटिहानी नगरपालिका अन्तर्गतका श्री राम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालजले आज बिहान एक कार्यक्रमबीच सो साइकल वितरण बितरण गर्नुभयो ।

उक्त साईकल बितरण गर्नुहुदै नगर प्रमुख हरि प्रसाद मंडलले पालिकाले बिगत ७ वर्ष देखि साईकल बितरण गर्दै आएको र यसले मटिहानी र यस बाहेकको पालिका र गाँउ बाट यहाँ पढ़न आउने बिद्यार्थीहरुलाई पढ़न आवतजावत गर्न सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

त्यसै गरी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले साईकलले बिद्यार्थीको भावनात्मक विकासको संग सँगै पढ़न आउन सहयोग पुग्ने भन्दै पालिकाले शिक्षा क्षेत्रमा गरिने साईकल बितरण र ल्यापटाप बितरण लगायतका सराहनीय कामहरुको प्रशंसा समेत गर्नुभयो ।

उक्त विद्यालयको कक्षा ११ मा अध्ययनरत ५८ जना छात्रालाई सो साइकल बितरण गरिएको कुरा प्राध्यानाध्यपक श्रीश कुमार मिश्राले बताउनु भयो ।

उक्त साईकल बितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्भ शर्मा,वड़ा नं.६ र ८ का वड़ा अध्यक्षहरु, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय पवन साह र अजय कुमार साह, या.ल.ना. विद्यापीठ मटिहानीका प्राचार्य हेम नारायण कर्ण, बिभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, वड़ा सदस्यहरु, रा.स.मा.वि. का प्र.अ. ईश्वरी पौडेल, शिक्षक शिक्षिका लगायत अभिभावक बिद्यार्थी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।


उक्त बिद्यालयमा मटिहानी, सिमरदही , बहुरवा,सुगा,पर्सा पतैली, सिरसिया ,धिरापुर र धनुषा जिल्लाका तुल्सियाही मुखियापट्टी ,मुसरनिया लगायतका क्षेत्रका छात्र-छात्राहरु अध्ययनरत रहेका छन ।
