मटिहानी नगरपालिकामा भदौ १० गते स्थानिय बिदा

मो. इसराफिल राइन

महोत्तरी, मटिहानी ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले २०८२ साल भदौ १० गते मंगलबारका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले मंगलबार पर्ने प्रसिद्ध चौरचन पर्व (चौथचन्द्र व्रत) र हरितालिका तीज पर्वको अवसरमा एक दिन सार्वजनिक विदा दिने घोषणा गरेको हो । 

यस दिन घर–घरमा पूजा–अर्चना गरी पर्व मनाइने भएकाले नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू बन्द हुने नगरपालिकाले जनाएको छ ।

साथै नगर प्रमुख हरि प्रसाद मण्डलले दुवै पर्वको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर