प्याब्सनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आन्दोनका कार्यक्रम घोषणा गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयहरूलाई अमान्य भएको जनाउँदै प्याब्सनले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै प्याब्सन केन्द्रले आन्दोलनका कार्यक्रम घोषण गरेको छ । हिजो मंगलबार प्याब्सन केन्द्रीय कार्यालयमा बसेको प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला संस्थाहरूको संयुक्त बैठकको निर्णय अनुसार केन्द्रीय प्याब्सन मातहत प्रदेश जिल्ला तथा पालिका कार्यसमितिहरूले देशैभरि विरोधका कार्यक्रम गर्न/ गराउन निर्देशन दिएको छ ।

साउन २९ गते बिहिबार बिहान ११ वजे पत्रकारहरूको उपस्थितिमा अध्यक्ष÷/मेयर र पालिका शिक्षा शाखा प्रमुखलाई प्याब्सन सदस्यहरूको उपस्थितिमा ज्ञापन पत्र बुझाउने कार्यक्रमको तय गरिएको छ । त्यस्तै साउन ३० गते शुक्रबार ११ वजे प्याब्सन सदस्य एवम् पत्रकारहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रमको घोषणा गरिएको छ ।

भाद्र १ गते, आइतबार बिहान ११ वजे प्याब्सन सदस्य तथा पत्रकारहरूको उपस्थितिमा प्रदेशमा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने, भाद्र २ गते आआफ्नो निर्वाचन क्षेत्रका सङघीय .प्रतिनिधि सभा राष्ट्रिय सभा) सांसदहरूलाई प्याब्सन सदस्य र पत्रकारहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाउने, भाद्र २ गते सोमबार ६ः३० वजे बेलुका सुझाव सङ्कलनका लागि राष्ट्रिय परिषदको जुम बैठक बस्ने लगायतका कार्यक्रमको घोषणा गरिएको महासचिव आरबी कटवालले जानकारी दिएका छन् ।

साथै भाद्र ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, भाद्र ४ गते प्रत्येका जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने, भाद्र ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक बस्ने तथा भाद्र ६ र ७ केन्द्र प्रदेश स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर