मो. इसराफिल राईन
महोत्तरी,मटिहानी
महोत्तरी जिल्लाको मटिहानीमा आज देखि झूलनोत्सव मेला सुरु भएको छ ।

मटिहानी स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा सो पौराणिक झुलनोत्सव पर्व (मेला) परम्परागत रुपमा मनाइदै आएको छ ।

आउँदो पुर्णिमा दिनसम्म मनाईने सो झुलनोत्सवको अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान रामसीताको मुर्ति राखि भजन किर्तन गर्दै झुला घरमा लगिने गरिन्छ ।
झुला पर्व त्रेतायुग देखि नै प्रारम्भ भएको मानिन्छ ।




प्रतिक्रिया





