महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–४ र ३ को सिमाना नजिकै पर्ने सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।
गौशाला नगरपालिकाबाट औरही नगरपालिकातर्फ गइरहेको ज ५ प ५०१४ नम्बरको नेपाली नम्बर प्लेटको मोटरसाइकलमा तीन जना सवार थिए।
सोही समयमा औरही नगरपालिकाबाट पश्चिमतर्फ आइरहेको BR07AG8132 नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी भंगहा नगरपालिका–४,थारुटोल निवासी श्याम सरदार,अमला देवी र सुनिल कुमार सिंह घाइते भएका थिए। घाइतेहरूमध्ये अन्दाजी ४०वर्षीया अमला देवीको उपचारका क्रममा गौशाला नगरपालिका–५स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ।
दुर्घटनामा संलग्न भारतीय नम्बरको मोटरसाइकल चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको गौशाला प्रहरीले जनाएको छ।





