महोत्तरीको पहिलो प्लाई उद्योग औरहीमा संचालन

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’,महोत्तरी – महोत्तरी जिल्ला भरिमा पहिलो प्लाई उद्योग औरहीमा संचालन भएको छ। औरही नगरपालिका-१ औरही बजारमा प्लाई उद्योग सञ्चालनमा ल्याइएको छ । औरही नगरपालिका -१ घर भएका लालबाबु साहले आफ्नो एकल लगानीमा मिथिला प्लाईउड उद्योग सञ्चालनमा ल्याइएको हो ।

करिब १० करोड रूपैयाँको लगानीमा उक्त उद्योग सञ्चालन गरिएको मिथिला प्लाईउड उद्योग संचालक लालबाबु साहले जानकारी दिए । उद्योग सञ्चालनको लागि १ बिघा आफ्नो र अरु व्यक्तिकोबाट १ बिघा जग्गा भाडामा लिइएको उनले बताए। केही गरौं र स्वदेशमा रोजगारीको सिर्जना गरौं भन्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको मिथिला प्लाईउड उद्योगका म्यनेजर राकेश साह जानकारी दिए । उक्त उद्योगमा करिब १०० ले प्रत्यक्षरुपमा रोजगारी पाउने छन् ।

उनले भने, “स्थानीयस्तरमै रोजगारी पाउने भएपछि त्यस क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।” उद्योगमा सबै मेसिन आइसकेको र प्लाई उडको लागि आवश्यक पर्ने प्लाई पाता निकाल्ने कार्य आज देखि सुरु गरिएको छ ।अन्य बाँकी मेसिन छिट्टै ल्याएर पूरा काम गर्नको लागि योजनाका साथ तीव्र गतिमा लागेको उद्योगका संचालक साहले बताए। जिल्लाकै ठूलो र धेरै जनालाई रोजगारी उपलब्ध गराउने उद्योगको रुपमा रहेको बताइएको छ ।

जिल्लामा यस किसिमका उद्योग कलकारखाना सञ्चालन गर्नसकेको खण्डमा युवायुवती रोजगारीको सिलसिलामा बिदेसिनुपर्ने अवस्थामा न्यूनीकरण आउन सक्ने उद्योगका म्यनेजर साहले दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित खबर