मटिहानीमा ग्यास सिलेंडरमा आगलागी, तालिम प्राप्त वारुण यन्त्र टोली द्वारा समयमै आगो नियन्त्रण

मो इसराफिल राईन

मटिहानी, महोत्तरी |  आज बिहान करीब ११ बजे महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ स्थित कमल साहको घरमा खाना पकाउने ग्यास सिलेंडरमा अचानक आगलागी भएको छ। 

आगलागीको खबर पाउने बित्तिकै मटिहानी नगरपालिकाको तालिम प्राप्त दक्ष बारुण यन्त्र टोली र स्थानीय बासिन्दाहरू सक्रिय भई घटनास्थलमा पुगी तत्काल आगो नियन्त्रणमा लिन सफल भएका छन्।

घटना हुँदा घरको भान्सा कोठाबाट अचानक ग्यास लिक भई आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। 

यद्यपि समयमै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन पाएन। घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ, तर भान्साकोठा र केही भौतिक सामग्रीहरूमा आंशिक क्षति भएको जानकारी प्राप्त भएको छ।

मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मंडल तथा बारुण टोलीका समन्वयकले यस्तो जोखिमयुक्त अवस्थामा नगरवासीहरूको सतर्कता र तालिम प्राप्त बारुण यन्त्र टोलीको सक्रियताले ठूलो दुर्घटना टर्न सफल भएको बताए।

साथै, नगर प्रमुख मंडलले आगलागी बाट बच्नको आम नागरिकले  अझ थप सजगता अपनाउनु पर्ने कुरा बताउनुभयो भयो ।

नगरपालिकाले आगामी दिनमा यस्ता घटनाबाट बच्न जनचेतनामूलक कार्यक्रम र आवश्यक उपकरण वितरण गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर