मो. इसराफिल राईन
महोत्तरी ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा नगर स्तरीय योजना अन्तर्गत मखाना उत्पादन तथा बजारीकरण गर्ने किसानहरुलाई बजारीकरण सामाग्रीहरु (बोरा, झोला र त्रिपाल) लगायतका सामाग्रीहरु आज बिहान बितरण गरिएको छ ।
त्यसै क्रममा आज बिहान एक कार्यक्रम बीच मटिहानी नगरपालिका प्रमुख (मेयर) हरि प्रसाद मण्डलले सो बजारीकरण सामाग्रीहरु (बोरा, झोला र त्रिपाल) लगायतका सामाग्रीहरु बितरण गर्नुभयो ।

उक्त सामग्री बितरण गर्नु हुँदै प्रमुख मंडलले मटिहानीको स्थानीय उत्पन रहेको यस मखाना खेतीको बिकास, उत्पादन बृद्धि एवं मखानाको बजारीकरण गर्न पालिका कटिबद्ध रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा जम्मा २१ जना मखान खेती गर्ने कृषकहरुलाई उत्पादन क्षमताको आधारमा १००-४०० थान बोरा, २०० थान झोला र १ थान त्रिपाल बितरण गरिएको साथै पालिकाले बिगतको ३ वर्ष देखि यस्ता सामग्री बितरण गर्दै आई रहेको कुरा कृषि शाखा सह-संयोजक टंक प्रसाद उपाध्यायले बताउनुभयो ।

मखानको हिन्दु धर्ममा बिशेष महत्व रहेको छ । मखान बिशेष गरी दीपावली, कोजाग्रा पूर्णिमा प्रयोग हुने गरेको छ ।
मटिहानी नगरपालिका भित्र अहिले १२५ बिघामा मखाना खेती भई रहेको र बार्षिक ८० मेट्रिक टन उत्पादन भई रहेको र हाल मखान खेती र ब्यबसायमा मटिहानीका सहनी र मुस्लिम जातिका करीब १ सय परिवारहरु संलग्न रहेको कुरा पालिकाको कृषि शाखाले जनाएको छ ।

उक्त सामाग्री बितरण कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं-६ र ७ का वड़ा अध्यक्षहरु क्रमशः कलीम अंसारी र जितनारायन माझी , जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन प्रसाद गुप्ता, उपाध्यक्ष अजय साह, सचिव बिजय साह, महेश सहनी, महेश साह, विष्णु सहनी, राम दयाल सहनी, बिन्दे सहनी, कामेश्वर सहनी, गंगा सहनी, लछो खातुन लगायतका मखान खेती गर्ने कृषकहरुको उपस्थिति रहेको थियो ।





